अनेरास्वीयू सुर्खेतद्धारा रक्तदान कार्यक्रम सम्पन्न

1490
views

सुर्खेत । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्वीयू) सुर्खेतको आयोजनामा पार्टीका केन्द्रिय सदस्य कुलमणी देवकोटाको प्रमुख आतिथ्यतामा शनिवार नेकपा पार्टी कार्यलय हटिया चोक मा रक्तदान कार्यक्रम गरेको छ।
रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको अनेरास्ववियू सुर्खेतले जनाएको छ ।

अनेरास्ववियू सुर्खेतका कार्यालय सदस्य नर बहादुर कठायतका अनुसार अनेरास्ववियूको विद्यार्थी संगठनका विभिन्न उमेर समूहका विद्यार्थीले रगतदान गरेका थिए। विभिन्न अस्पतालहरुमा फ्रेस ब्लडको अभाव रहेको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको कठायतले बताए ।

 एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुनेलाई अनेरास्ववियू सुर्खेतका संयोजक धुपेन्द्र बहादुर शाहीले धन्यवाद दिएका थिए ।