प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको बहस सकियो

485
views

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट मुद्दामाथिको बहस सकिएको छ । एमिकस क्युरीका तर्फबाट शुक्रबार वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले आफ्नो राय राखेपछि बहस सकिएको हो ।

यसअघि एमिकस क्यूरीका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्यले बहस गरेका थिए।

बहस सकिएपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले फागुन १० गतेभित्र बहस नोट दिन माग गरेको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा दर्जन बढी रिट परेका थिए ।

संसद विघटन असंवैधानिक भन्दै करिब साढे तीन सय बढी कानुन व्यवसायीले बहस गरेका छन् ।