ला लिगा : एथ्लेटिको लेभान्टेसँग २–० गोलले पराजित

585
views

एजेन्सी, ९, फागुन । स्पेनिस ला लिगामा शीर्ष स्थानको एथ्लेटिको मड्रिड स्तब्ध भएको छ । गएराति भएको खेलमा एथ्लेटिको लेभान्टेसँग २–० गोलले पराजित भएको हो । लेभान्टेका लागि होर्गेले एक गोल गरे ।

एथ्लेटिको मड्रिडका हर्मोसोले एक आत्मघाति गोल उपहार दिए । शीर्ष स्थानको एथ्लेटिकोले २३ खेलबाट ५५ अंक जोडेको छ । ३१ अंकसहित लेभान्टे आठौँ स्थानमा छ ।

राति नै भएको अर्को खेलमा मड्रिडले रियल भालाडोलिडलाई एक शुन्यले पराजित गरेको छ । रियलक लागि कासेमिरोले निर्णायक गोल गरे ।

जितसँगै रियल मड्रिडले शीर्ष स्थानको एथ्लेटिकोसँगको अंक दूरी तीनमा झारेको छ । दोस्रो स्थानको रियल मड्रिडको २४ खेलबाट ५२ अंक भएको छ । पराजित भालाडोलिड २१ अंक जोडेर १९औं स्थानमा छ ।

राति नै भएका खेलमा इल्चेले एइबरलाई एक शुन्य तथा भ्यालेन्सियाले सेल्टा डी भिगोलाई दुई शुन्यले पराजित गरेका छन् ।