मतदान गर्न गएका दुई मतदाताको मृत्यु

308
views

 असार, १४ । झापाको दमक नगरपालिका–१४ का ८१ वर्षीय नरेन्द्र भण्डारीको मृत्यु भएको छ । सरस्वती मावि मतदान केन्द्रबाट भोट हाल्न लाइन बसेकै बेला उनको मृत्यु भएको हो ।

पाल्पाको बगनासकालीमा पनि आजै एक मतदाताको मृत्यु भएको छ । बगनासकाली गाउँपालिका वडानम्बर ६ यम्घाका ८० वर्षीय पूर्णचन्द्र भट्टराईको मृत्यु भएको हो । भोट हाल्न भनेर घरबाट हिँडेको केहीबेरमै उनी बाटोमा लडेको र लडेकै स्थानमा मृत्यु भएको स्थानीय मथुरा ढकालले जानकारी दिए ।