अष्ट्रेलियाका मिडियामाथिको प्रतिबन्ध फेसबुकले फुकुवा गर्ने

759
views

ऐजेन्सी । अष्ट्रेलिया सरकारले ल्याउन लागेको नयाँ कानुनको विरोधमा अष्ट्रेलियाका प्रयोगकर्तामाथि आफ्ना समाचार सामग्रीमाथि फेसबुकले लगाएको प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेको छ ।

फेसबुकले गत बिहिबारदेखि अष्ट्रेलियाका मिडियालाई फेसबुकमा समाचार सामग्री सेयर गर्न रोक लगाएको थियो । अष्ट्रेलियाको प्रस्तावित कानुनमा फेसबुक र गुगलले मिडियाको सामग्री राखेबापत् मिडिया कम्पनीलाई पैसा तिनुपर्ने व्यवस्था छ ।

यता फेसबुकले भने आफ्नो समाचारको पहुँच बढाउन प्रकाशकले नै फेसबुकमा समाचार सेयर गर्ने गरेकोले पैसा तिर्ने कानून ल्याउन नमिल्ने बताएको छ ।