शक्तिमा पुग्न जस्तोसुकै सम्झौता पनि गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः प्रचण्ड

314
views

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा( का प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली शक्तिमा पुग्न जस्तोसुकै सम्झौता पनि गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति रहेको बताएका छन् ।

पार्टी निकट शिक्षकहरुको भेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दै उनले ओलीले आफैंलाई राज्य ठान्ने गरेको बताए । ‘आलोचना सुन्नै र सहनै नसक्ने, बैठक बस्न पटक्कै मन नपराउने, शक्तिमा पुग्न जस्तोसुकै सम्झौता पनि गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति उहाँमा छ, प्रचण्डले भने, महाराजधिराजहरु पनि यस्तै गर्थे, उहाँ अब हाम्रो वर्गको रहनुभएन।’

हिजो विचारमा सहमत हुँदा पार्टी एकता भएको प्रसङ्ग उठाउँदै उनले फेरि पनि विचार मिल्दा एक हुनसक्ने बताए। ‘सहमति को सँग हुन्छ को सँग हुँदैन भन्ने व्यक्ति मन पर्छ कि पर्दैन भन्ने होइन विचार र पद्धतिको कुरा हो।’

प्रचण्डले भने, ‘विचार मिल्यो एकता हुन्छ, नभए हुँदैन। हिजो विचारमा सहमत हुँदा एकता भएको हो अनुहार हेरेर भएको होइन।’

प्रचण्डलाई उपयोग गरे माधवकुमार नेपाललाई चार जिल्लाका अध्यक्षमा सिमित गराउने रणनीति असफल भएपछि ओली आफूसँग टाढिएको उनको भनाई थियो मलाई उपयोग गरेर माधवजीलाई चार जिल्लाका अध्यक्षमा सिमित गर्ने र त्यसपछि प्रचण्डलाई त किचिक्कै पार्ने रणनीति हो, उनले भने, यो रणनीति मैले एकता गरेको एक महिनाभित्र बुझें । माधवजीलाई चार जिल्लाबाट २४–२५ जिल्लामा पुर्याइदिएपछि केपी मेरो दुश्मन भइहाले।