यस्तो छ जलजलाको विकास, असारमा काम सक्ने हतारोले समस्या

323
views

रोशन तिवारी
असार, १४, पर्वत । पर्वतको जलजलामा विकास निर्माणका काम सन्तोषजनक देखिएका छन् । जिल्ला समन्वय समितिले आर्थिक बर्ष ०७३÷०७४ मा सञ्चालित योजना तथा कार्यक्रमहरुको अनुगमनका क्रममा यस्तो नतिजा देखिएको हो । उपभोक्ता समितिले गरेका काम वढी गुणस्तर देखिएका छन् । विगतको तुलनामा सडकको अवस्था सुधारोन्मुख रहेको छ । विगतका वर्षमा वर्षा हुँदा वित्तिकै वन्द हुने वाटो अहिले मध्य असार सम्म पनि सुचारु रहेका छन् । मुख्य सडकहरुमा कल्भर्ट, जाली, सोलिङ गरेपछि असारमा पनि सडक सुचारु रहेका हुन् ।
अनुगमन अन्र्तगत मंगलवार कलास्टर नम्वर १ मा खटिएको टोलीले जिल्लाको जलजला गाउँपालिका–७ धाईरिङ र कुश्मा नगरपालिका–१ पाङमा सञ्चालित योजनाहरुको अनुगमन गरेको हो । टोलीले उक्त स्थानमा निर्माण हुन लागेको भवन, मोटरवोटो, खानेपानी, लगायत खेलमैदानको अनुगमन गरेको जनाएको छ ।
जिल्ला समन्वय समिति र अन्य विषयगत कार्यालयले जिम्मा दिएका योजनाहरु उपभोक्ता समितिहरुले निर्माण गरेर रकम वुझिसकेका छन् । कतिपय योजनाको काम अन्तिम चरणमा रहेका छन् । उपभोक्ता समितिका प्रतिनिधीहरुले योजना सम्झौता भएको लामो समयपछि मात्रै पेश्कि पाउने कारण योजना वेलैमा सम्पन्न गर्न अप्ठ्यारो हुने गरेको गुनासो गरेका छन् । निर्माण व्यवसायी राजु आचार्यले योजना असारमा योजना सक्न हतार हतार गर्नुपर्ने कारणले काममा गुणस्तर नहुने गरेको वताउनुभयो ।
अनुगमन टोलीले जलजला गाउँपालिका–७ मा मर्मत हुन लागेको मिलनचोक–सल्यान घाखेत सम्मको मोटरवाटो,श्रीकृष्ण धर्म भवन माध्यामिक विद्यालयको भवन, लगायत धाईरिङका निर्माणधिन अवस्थामा रहेका खानेपानी योजनाहरुको अवलोकन गरेको थियो । त्यस्तै कुश्मा नगरपालिका–१ पाङमा निर्माण हुन लागेको स्रहराधारा–पाङ – घारीटारी भाटेवारी सडक खण्ड, कालीगण्डकी सिँचाइ तथा खानेपानी योजनाको अनुगमन गरेको अनुगमन टोलीका संयोजक भक्त कुँवरले वताउनुभयो । अनुगमनका क्रममा योजनाहरु सन्तोष जनक रहेको पाईएको छ । स्थानीय उपभोक्ता समिति र निर्माण समितिले गरेका कामको गुणस्तर समेत अनुगमन टोलीले मापन गर्ने काम गरेको छ । उपभोक्ता समितिले स्टमेट भन्दा पनि आफ्नै लगानी गरेर भएपनि सडक वनाएका छन् । जिल्ला स्तरिय अनुगमन टोलीमा भक्त कुँवर, देवि शर्मा, लालवहादुर हरिजन, हरि गौतम, गणेशवहादुर क्षेत्री, पत्रकार महासंघ पर्वतका सदस्य साजन परियार लगायत रहेका छन् । टोलीले मंगलवार मोदी गाउँपालिका विभिन्न वडामा सञ्चालित योजनाहरको अनुगमन गर्ने जनाएको छ । अनुगमन पश्चात टोलीले जिल्ला समन्वय समितिको समिक्षा वैठकमा प्रतिबेदन पेश गर्ने जनाइएको छ ।