सरकार र विप्लव समूहबीच भएको वार्ता सकारात्मक

768
views

काठमाडौं, १९, फागुन । सरकार र ‘विप्लव’ नेतृत्वको नेकपाबीच पहिलो चरणको औपचारिक वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा औपचारीक वार्ता भएको थियो ।

वार्तापश्चात सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले आफ्नो ट्वीटमार्फत वार्ता सकारात्मक दिशाउन्मुख रहेको जनाएका छन् ।

मंगलबार सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको थियो भने नेत्रविक्रम चन्द समुहको तर्फबाट पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’सम्मिलित वार्ता टोली गठन गरेको हो ।

सरकारले प्र।तिवन्त्र लगाएको विप्लव नेतृत्वको नेकपासँगको यो पहिलो पटकको वार्ता हो ।