कञ्चनपुरमा भारतीय तस्कर समूह र प्रहरीबीच गोली हानाहान

525
views

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा भारतीय तस्कर समूह र प्रहरीबीच गोली हानाहान भएको छ। लागुऔषध बोकेर नेपाल आइरहेका भारतीय तस्कर र प्रहरीबीच बेलौरी नगरपालिका–७ टेडुवा सीमा क्षेत्रमा बिहीबार बेलुकी गोली हानाहान भएको हो।

प्रहरीको गोली लागि एक भारतीय युवकको ज्यान गएको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार इलाका प्रहरी कार्यालय बेलौरीबाट गएको टोलीमाथि भारतीय तस्करले पहिले गोली चलाएपछि नेपाल प्रहरीले जवाफी कारवाही स्वरुप गोली चलाएको हो।

‘लागुऔषध तस्करीमा संलग्न चार जनाएको समूह सीमाबाट करिव पाँच सय मिटर नेपालतर्फ आइरहेको बेला प्रहरी देखेपछि फायर गरेको बुझिएको छ’ यादवले भने,‘प्रहरीले जवाफी फायर गर्दा पेटमा गोली लागेर एक २५–२६ वर्षका एक युवक ढले। उनको उपचारका क्रममा स्थानीय स्वास्थ्य सस्थामा मृत्यु भयो।’

यादवका अनुसार तीन जना तस्करहरू फरार छन्। उनका अनुसार घटना वेलुकी करिब ६ बजेतिरको हो।

प्रहरीले घटनास्थलबाट ३० ग्राम लागुऔषध सहित नक्कली नोट बनाउने मेसिनसमेत बरामद गरेको यादवले जानकारी दिए।