विप्लवले नवलपुरमा सहिद परिवार भेटघाटपछि काठ्माडौँ

575
views

काठमाडौँ . विद्रोही नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नवलपुरमा सहिद परिवार भेटघाट गरेका छन् ।

सरकारसँग तीन बुँदे सहमति भएपछि काठमाडौँ छिर्न लागेको विप्लवले शुक्रबार बिहान नवलपुरस्थित सहिद फूलमाया सारूको परिवारलाई भेटघाट गरेका हुन् ।

सारुको परिवारलाई भेटेर विप्लव काठमाडौँतर्फ लागेका हुन् । फूलमाया सारूको २०५९ जेठ १९ गते गुल्मीको वामिटक्सारस्थित प्रहरी चौकीमाथिको कारबाहीमा ज्यान गएको थियो ।

आज प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एकै मञ्‍चबाट सम्बोधन गर्दैछन् । बिहीबार तीन बुँदे सहमतिसँगै आज दिउँसो २ बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमबीच सम्बोधन गर्न लागेका हुन् ।