के म गरिबको सरकार छ ?

188
views

          जगत योगी
          चामुण्डाविन्दासैनी नगरपालिका ६,दैलेख

को साहारामा हिन्ने म एक पैदल यात्री ।
सरकारको गाडीहरूले धुलो उडाउँदै हिन्छ ।
मलाई एक सरकारको सिपाहिले जिस्काउछ ।
अनि मेरो मन खिन्न हुन्छ । र भन्न मन लाग्छ ।
के म गरिबको सरकार छ ?
के कम्युनिस्टको सरकार छ ?
कसरी भनु छ भनेर ।
त्यो बैसाखी नै सबै भन्दा उत्तम लाग्छ किन किन ?
किन भन्ने प्रश्न छैन उ सधै मेरो सेवामा तल्लिन हुन्छ ।
बुढेसकालको निःस्वार्थि सेवक यो लौरो नै हो लाग्छ ।
सदैब सेवा गरि रहने लौरो वैशाखी निर्जीव हुन र त ।
यी सधै निःस्वार्थ भइ रहन्छन सेवा गरिरहन्छन ।
के म गरिबको सरकार छ ?
के कम्युनिस्टको सरकार छ ?
कसरी भनु छ भनेर ।
छोरो थियो छोरा भए, छोरी थिइ छोरी भइन ।।
छोरा भए संगै बुहारी भइन सबै आफन्त भए ।।
मात्र मेरो साहरा लौरो र वैशाखी मात्रै भए ।।
आफै जीवन साथी को देहावसान भए पछि ।।
सधै एक्लै भएको भान भयो एक्लै भइरहे । ।
के म गरिबको सरकार छ ?
के कम्युनिस्टको सरकार छ ?
कसरी भनु छ भनेर ।
जुन दिन मैले देहावसान भएको श्रीमानको अत्य ।
भएको देखे, त्यो दिनबाट एक्लै भएको महसुस भयो।
अनि म जिवनका हरेक काल खण्डलाई बाडेर हेर्छु ।
अनि ती जिवनका प्रत्यक काल खन्डलाइ परिभाषित
गर्ने प्रयासमा छु, त्यसैले म भनी रहन्छु सधै एक्लै ।।
के म गरिबको सरकार छ ?
के कम्युनिस्टको सरकार छ ?
कसरी भनु छ भनेर ।।
कसरी बाडौँ त्यो बाल्यकालमा पाएका पिडाहरु ।।
जब पैदलबाटो हिनि रहँदा खाली खुट्टाले सयौ ठेसहरु सहेर हिडिरहे ।
त्यो साहुको मेलामा एकथान पातो बरियोको साथमा
के म गरिबको सरकार छ ?
के कम्युनिस्टको सरकार छ ?
कसरी भनु छ भनेर ।
मलाई उभाउने ती जोर पैताला मा मैले एक जोर
चप्पल र एक जोर जुत्ता राख्न सकेन त्यसैले म अहिले पनि खाली पैतलाको साहारा बैसाखी छ ।
अनि म गरिब छु र पो मेरो वास्ता हुदैन यो देशमा ।।
के म गरिबको सरकार छ ?
के कम्युनिस्टको सरकार छ ?
कसरी भनु छ भनेर ।
कसरी कुन परिभाषामा लेखु जिवनका हरेक काल खन्डहरुलाई यति पीडा सुनाइ रहदा के मेरो जीवन
अपरिभाषित भएनर मेरो जीवन भोगाइ सबै बुझ्दा ।
अनि मेरो जिवनका हरेक काल खण्ड अ परिभाषित
हुन पुगे त्यसैले म भनी रहन्छु अहिले पनि नेपालमा

के म गरिबको सरकार छ ?
के कम्युनिस्टको सरकार छ ?
कसरी भनु छ भनेर।