दैलेखमा स्वास्थ्य शाखाद्धारा म्याद गुर्जेको औषधि वितरण

1158
views

 दैलेखको ठाटीकाँध गाउँपालिका स्वास्थ्य शाखाले म्याद गुर्जेको औषधि वितरण गरेको भेटिएको छ ।

गाउँपालिको स्वास्थ्य शाखाले श्री कृष्ण माध्यामिक विद्यालयका किशोरीहरुलाई साप्ताहिक रूपमा वितरण गरेको औषधीमा एउटै पकेटमा तीनवटा म्याद गुर्जेको औषधि वितरण गरेको भेटिएको हो ।

विद्यालयमा अध्यनरत १० देखि १९ वर्ष उमेरसमुहका किशोरीहरुलाई वितरण गर्ने आइरनचक्किमा छुट्टाछुट्टै मिती अगस्ट २०१३ जुलाई २०१९, २०१७, २०१९ र २०१९,२०२१ को म्याद गुर्जेको औषधी भटिएको छ ।

स्वास्थ्य शाखाले म्याद गुर्जेका औषधि वितरण गरेर स्वास्थ्यमाथि लापरवाही र खेलवाड गरेको श्री कृष्ण माध्यामिक विद्यालयका शिक्षक जिवराज रेग्मीले बताए ।

स्वास्थ्य शाखामाबाट सिल प्याक कार्टुनहरु खोलेर दिइएको ठाटीकाँध गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रविन्द्र भण्डारीले बताए । उनले भने,‘आफुले दिदाखेपर सिल प्याक कार्टुनहरु खोलेर दिएको तर स्वास्थ्य शाखाबाट त्रुटि भएको देख्दैन ।,
ठाटीकाँध गाउँपालिका र स्वास्थ्य शाखालाई बद्नियत गर्ने हिसावले म्याद गुर्जिएको औषधी मिसाएको आशंका रहेको प्रमुख भण्डारीले बताए ।

आफुले अन्यत्र विद्यालयमा पठाएर श्री कृष्ण माध्यामिक विद्यालयमा आफ्नो आखै अगाडी कार्टुन खोलेर चारहजार ट्यावलेट पठाएको थिइ पाँचसय ट्यावलेट म्याद गुर्जेको भेटिएको भण्डारीको भनाई छ ।

स्वास्थ्य शाखाले विद्यालयमा वितरण गरेकोमा म्याद गुर्जेको औषधी भेटिएको भन्ने कुरा थाह भएको आफु दैलेख सदरमुकाम भएकोले त्यति जानकार नभएको श्री कृष्ण माध्यामिक विद्यालयका प्रधाध्यापक इलामल्ल शाहीले बताइन् ।