भिम रावलले भने प्रधामनमन्त्री कुन दलको हुन ?

435
views

काठमाडौं, २३ फागुन । पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्ने क्रम शुरु भएपछि भीम रावलले बोलेलगत्रै उनीहरुले बैठक बहिष्कार गदैृ बाहिरिएका हुन । बैठक बहिष्कार गरेको घोषणा गरेपछि प्रचण्डसहित उनी पक्षधर सांसदहरु हलबाट निस्किएका थिए ।

रावलले प्रधानमन्त्री केपी शर्मा ओली कुन दलको हुन् ? भनी प्रश्न गरेका थिए । सर्वोच्च अदालतले आज गरेको फैसला अनुसार ओली कुनै दलको नभएको तर्क गरे ।

ओलीले प्रतिनिधि सभाको हत्या गरेकाले यही प्रतिनिधि सभामा अध्यादेश राख्न नमिल्ने बताएका थिए । त्यसपछि उनीहरु बैठक बहिष्कार गरेर निस्किएका थिए ।