आज अन्तर्राष्ट्रिय नारी दिवस, महिला हिंसा र विभेद हटाउन मद्दत

1149
views

काठमाडौं, २४, फागुन । आज अन्तराष्ट्रिय नारी दिवस ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ मनाईदै छ । नारी दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाईदै आइएको छ ।

नेपालको संविधानले लैङ्गिक समानताको प्रत्याभूति गर्न महत्वपूर्ण प्रावधानको व्यवस्था गरेको छ । यसबाट महिलाप्रति हुने हिंसा र विभेद हटाउन ठूलो मद्दत पुगेको छ ।

क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित ग¥यो र सन् १९११ देखि महिला दिवस मनाउन थालिएको हो ।