अमृताको स्मृतिमा परिवारद्वारा शैक्षिक सामाग्री वितरण

472
views

पोखरा, २४, फागुन । स्याङ्जा जिल्लाको वालिङ ११, स्वरेक टापु भञ्ज्याङ राष्ट्रिय माविमा पाण्डेय परिवारले शैक्षिक सामाग्री वितरण गरेको छ । स्वर्गीय अमृता पाण्डेयका बुवा, आमा, काका र दाजुभाउजुले छात्र छात्रातर्फ उत्कृष्ट अकं ल्याउने २ विद्यार्थी र जेहेन्दार तर्फ २ विद्यार्थी गरि चारजना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका हुन ।

सवारी दुर्घटनामा परि बहिनी गुमाए पछि दाजु घनश्याम पाण्डेले अक्षकोष निर्माण गरेर बहिनीले पढेको विद्यालयमा बर्षेनी चार जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दे आएको जनाउनु भएको छ । अक्षयकोष निर्माणमा माउण्ट कैलाशक रिसोर्ट पोखराका नरेश भट्टराई,अमृताका श्रीमान विष्णु देवकोटा ,सांसद दीपक कोइराला,अमेरिकामा रहनु भएकी विमला पाण्डे र अमृताका दाजु घनश्याम पाण्डेयले गरि १ लाख ५५ हजारको अक्षयकोष स्थापना गर्नुभएको छ । बर्षेनी सोही ब्याजबाट विद्यार्थीलाई छात्रबृत्ति वितरण हुदै आएको छ ।

पत्रकार समेत रहनु भएका पाण्डेयले नगद दिदा त्यसको महत्व कम हुने हुदा विद्यार्थीहरुलाई कापी कलम, झोला सहितका सामाग्री वितरण गर्ने गरेको बताउनु भयो । छात्रबृत्ति वितरण काकर्यक्रममा बोल्दै समाजसेवी पिताम्बर पाण्डेयले अमृताको नाम अमर राख्नको लागि परिवाले खेलेको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । सोही अबसरमा पाण्डेले विद्यालयलाई आबश्यकक पर्ने पुस्तकहरु उपलब्ध गराउन आफु तयार रहेको भन्दै विभिन्न ठाउँमा पहल भइरहेको पनि बताउनु भयो ।

विद्यालयका प्रधानध्यापक हेमराज अर्यालले बहिनीले पढेको विद्यालयमा अमृताको स्मृतिमा पाण्डे परिवारले बर्षेनी गर्ने कार्यक्रमले विद्यार्थीमा समेत अमृता उत्कृष्ट पुरस्कार पाउन पढाईमा प्रतिस्पर्धा हुने गरेको बताउनु भयो ।

यसबर्ष भेष कुमारी उत्कृष्ट पुरस्कामा छात्र तर्फ आयुष गैरे र छात्रा तर्फ सदिक्षा विकले प्राप्त गरेका छन् भने जेहेन्दार तर्फ विश्व सेन र गीता कुँवरले प्राप्त गरेका छन् । कार्यक्रममा बोल्दै विद्यालयका शिक्षक इन्द्रप्रसाद पराजुली, (नवराज) पाण्डे परिवारले बहिनीको स्मृतिमा पाण्डे परिवारले गर्ने कार्यक्रमले अमृता हामी माझ नभए पनि बर्षेनी सवैले अमृतालाई सम्झने बातारण बनेको बताउनु भयो । अमृताको २०६१ साल असार १८ गते बुटवलको नयाँ मिलमा आफै चढेर गएको बसबाट झर्नेक्रममा ढोका बाट लड्न पुग्दा सोही बसको ठक्करबाट ज्यान गएको थियो ।