नेकपा क्रान्तिकारि माओवादीद्धारा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

586
views

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा नेकपा(क्रान्तिकारि माओवादीद्धारा १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस तथा मई अभियान सम्पन्न भएको छ ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारि) प्रदेश कमिटि सदस्य जानकि चन्दको अध्यक्षतामा तथा नेकपा (क्रान्तिकारि माओवादी)का पोलिटब्युरो सदस्य सि पी सर्माको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र १३२ औ मई अभियान सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा(क्रान्तिकारि माओवादी)का केन्द्रिय सदस्य दिपक बहादुर शाही, अखिल नेपाल टे«ड युनियन महासंघका केन्द्रिय अध्यक्ष इशवर तिमिल्सेना,पार्टिका केन्द्रिय सदस्य तथा दैलेख जिल्ला इनचार्ज कृष्ण गुरुङ्गको उपस्थिती रहेको थियो ।

त्यस्तै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका सुर्खेत जिल्ला संयोजक तथा पार्टि प्रदेश सदस्य पुर्ण पौडेलले शुभकामना मन्तव्य राखेका थिय भने अखिल क्रान्तिकारिका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश संयोजक नेत्र शाहीको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमको सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सिपी सर्माले भने,‘अहिले भएको झगडा प्रधानमन्त्रि बन्नका लागि मात्र भएको हो ।,
आखिरमा प्रधानमन्त्रिका लागि पुरानै अनुहार आएर पनि समस्याको समाधान नहुने र उल्टो देशमा संकट निम्तिन्छ ।

मईआफ्नो मुक्ति र अधिकारका निम्ति महिला आफै जाग्नुपर्ने र चेतनाका शिसाबले पनि अग्रसर रहे मात्र महिलाहरुको आफ्नो अधिकार सुनिश्चित् हुने नेकपा क्रान्तिकारि माओवादीका केन्द्रिय सदस्य दिपक बहादुर शाहीले बताए । उनले भने,‘यो राज्य व्यवस्थाबाट श्रमजिवी महिलाको मुक्ति नहुने आफ्नो व्यवस्थाका लागि थप जनगणतान्त्रिक व्यवस्थाका लागि संघर्ष गर्नुपर्ने र महिलाहरु राज्यको मुल प्रवाहमा पुगे पनि उनिहरु सामन्त वर्गकै हक र हितमा उन्मुख रहेका छन् ।