लोकगीतमा ‘शिव ताण्डव’ को तहल्का

629
views

पर्वत । द भोइस अफ नेपाल सिजन २ बाट नेपाली सांगितिक आकाशमा उदाएका गायक पृथ्वी खनालको फरक शैलीमा प्रस्तुत ‘शिव ताण्डव’ ले स्रोता दर्शक तानेको छ ।

नेपाली लोक मौलिक बाजागाजामा संयोजित ‘शिव ताण्डव’ ले स्रोताको मन जित्दै युटुव तथा सामाजिक सञ्जालमा भाईरल बनेको छ ।

गायक पृथ्वी खनालको स्वर र देवेश राइको संगीत संयोजन रहेको गीतले स्रोता दर्शकको मन जितेको हो । गतिको भिडियोमा पृथ्वी र स्वजन रघुबंसीको मुख्य भुमिका रहेको गीतमा हिन्दु धर्मालम्वीहरुलाई घुमाउ्रो पारामा बाँधिएको छ ।

गीतमा ग्रीश्मा भट्टको निर्माण, पीटर गुरुङको छायाँकन बिष्णुहरि तिमल्सिनाको सम्पादन र आर सी रिमालको सहायक निर्देशन रहेको छ । उक्त गीतमा पृथ्वी खनालको कथा निर्देशन रहेको छ ।