दोस्रो चरणमा ७०.५ प्रतिशत मतदान

670
views

काठमाण्डौं, १४, असार । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा ७०. ५ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै ७०. ५ प्रतिशत मतदान भएको जानकारी दिएको हो । निर्वाचन आयोगले बुधबार शान्तपूर्णरुपमा दोस्रो चरणको निर्वाचन सम्पन्न भएको जनाएको छ । बुधबार प्रदेश नं १, ५ र ७ मा निर्वाचन भएको हो । प्रदेश नम्बर ३, ४ र ६ का दुई सय ८३ स्थानीय तहमा गत वैशाख ३१ गते पहिलो चरणअन्तर्गत निर्वाचन सम्पन्न भइसकेको छ । प्रदेश नम्बर २ को निर्वाचन आगामी असोज २ गतेका लागि तोकिएको छ । पहिलो चरणको निर्वाचनमा ७३ प्रतिशत मत खसेको थियो । मतदानका लागि चार हजार पाँच सय ८१ मतदान स्थलमा आठ हजार तीन सय ६४ मतदान केन्द्र तोकिएका थिए । दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता छन् । यसअघि वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार नौ सय २५ मतदाता थिए ।