अनेरास्ववियु (क्रान्तिकारि) को विस्तारित बैठक सम्पन्न

1136
views

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा अनेरास्ववियु (क्रान्तिकारि) को विस्तारित बैठक सम्पन्न भएको छ ।
वीरेन्द्रनगरको शिक्षा क्याम्पसमा मंगलवार अनेरास्ववियुको कर्णाली प्रदेश स्तरीय विस्तारित बैठक सम्पन्न भएको अनेरास्ववियुका केन्द्रिय सदस्य हिमाल रसाईलिले बताए ।

अनेरास्ववियुको आज भएको  प्रदेश स्तरीय विस्तारित बैठकमा नेकपा (क्रान्तिकारि माओवादी)का पोलिटव्युरो सदस्य तथा कर्णाली प्रदेश संयोजक सिपि शर्माको उपस्थिति रहेको थियो ।

त्यस्तै पार्टिका केन्द्रिय सदस्य तथा अनेरास्ववियुका(क्रान्तिकारि)का कर्णाली फ्याक्सन इन्चार्ज दिपक बहादुर शाही देजमोका सुर्खेत जिल्ला इन्चार्ज पुर्ण पौडेलको पस्थिति रहेको केन्द्रिय सदस्य रसाइलीले बताए ।

अनेरास्ववियु (क्रान्तिकारि)का केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज नेत्र शाहीको कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट जिल्लाका संयोजकहरुको उपस्थिति रहेको रसाईलीले जानकारि दिए ।
कार्यक्रममा कर्णाली प्रदेश संयोजक केन्द्रिय सदस्य नेत्र बहादुर शाहीले मन्तव्यसँगै सर्कुलर र रिर्पोटिङ प्रष्टिकरण गरेका थिए ।

भावि विद्यार्थीको कार्यदिशा प्रति सम्पुर्ण विद्यार्थी नेताहरुलाई विद्यार्थीका समस्याहरु समाधानमा विशेष ध्यान दिनुपर्ने शाहीले बताए ।

‘संघर्षको अग्र मोर्चामा विद्यार्थीको भुमिका रहने र विभिन्न ईकाइ एरिया जिल्ला र प्रदेशका विभिन्न भेला तथा सम्मेलनहरु गर्दै र विद्यार्थीहरुलाई सुसुचित गर्दै अघि बढ्नु पर्ने शाहीले उल्लेख गरे ।,
त्यस्तै उक्त कार्यक्रममा बोल्दै नेकपा(क्रान्तिकारि माओवादी) का पोलिटव्युरो सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज सिपि शर्माले विद्यार्थीले आफ्नो अध्यनलाई निरन्तरता दिदै आफ्ना हक र अधिकारका लागि संघर्षका कार्यक्रमहरु अगाडि बढाउनुपर्ने बताए ।

विद्यार्थीको महत्वपुर्ण भुमिका भनेका पहिलो काम पढ्ने र समाजमा भएका विकृति विसंगति विरुद्ध लड्नु रहेको अनेरास्ववियुका(क्रान्तिकारिका) केन्द्रिय सदस्य हिमाल रसाइलीले बताए ।

‘विद्यमान नेपालमा भइरहेको हत्या,हिंसा र बलात्कारिलाई सरकारले फासिदिनुपर्ने ठाउँमा अपराधिको बचाउ गरिरहेको यो कार्यपर्ति दुःख व्यक्त गर्दै यो सत्ता र व्यवस्थालाई उल्ट्याए मात्र श्रमजिवि र सर्वहारा वर्गको राज्य व्यवस्था स्थापित हुने बताए ।,