मेयर कप टि ट्वान्टी क्रिकेटको उपाधि खलंगालाई

503
views

बैतडी, २६, फागुन । बैतडीको दशरथचन्द नगरपालिकामा भएको चौथो संस्करणको मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि वडा नं ४ खलंगाले चुमेको छ । फाइनल भिडन्तमा खलंगाले वडा नं ५ दशरथचन्दलाई ४ रनले स्तब्ध बनायो ।

उपाधिसंगै खलंगाले ७५ हजार हात पारेको छ भने दशरथचन्दले ५० हजारमा चित्त बुझाएको छ । खलंगाले दिएको १३० रनको लक्ष्य पन्छाएको दशरथचन्दले २० ओभर ६ विकेटको क्षतीमा १२५ रन मात्रै बनाउन सक्यो ।

खलंगाका गोपी नाथले २ विकेट हात पारे । त्यसअघि दशरथचन्द खेलमैदानमा पहिला ब्याटिंग गरेको खलंगाले विक्रम चन्दको ६२ रनको मद्दतमा १२९ रन बनायो ।

दशरथचन्दका भोज चन्दले ३ विकेट लिए । खलंगाका विक्रम चन्द म्यान अफ द फाइनल चुनिए ।

यस्तै प्रतियोगिताभर ११८ रन र ४ विकेट लिएका वडा नं १० बाराकोटका प्रकाश बुडाल म्यान अफ द सिरिज भए ।

खलंगाका लागि प्रतियोगिता भर १४० रन बनाउने राजु भाट बेस्ट ब्याट्सम्यान भए भने वडा नं ३ दुर्गाभवानीका लागि ९ विकेट झारेका जय रावत बेस्ट बलर चुनिए ।