उद्योग वाणिज्य संघमा अधिकारी र पौडेलको रस्साकस्सी

731
views

पर्वत, २६, फागुन । आगामी चैत्र ७ मा हुने पर्वत उद्योग बाणिज्य संघ पर्वतको १७ औ अधिवेशनमा पर्वतका दुई चर्चित व्यवसायि चुनावी मैदानमा उत्रिएका छन् । बामपन्थी (प्रगतिशिल) तर्फका उम्मेदवार गोपी अधिकारी र प्रजातान्त्रिक समुहतर्फका उम्मेदवार शिवशर्मा पौडेल चुनावी मैदानमा उत्रिएका छन् ।

अधिकारी जिल्लाको ठूलो नीजि ब्यापारीहरुको संस्था पर्वत उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्ष समेत रहेका छन् ।

अधिकारीले संघमा २ कार्यकाल बरिष्ष्ठ उपाध्यक्षको जिम्मेवारी बहन गरीसकेका छन् । सामाजिक रुपमा सक्रिय अधिकारी विगत २ दशक देखि संघका गतिविधिहरुमा सक्रिय छन् ।

यस्तै प्रजातान्त्रिक समुहका उम्मेदवार शिवशर्मा पौडेल विभिन्न संघ संस्थामा क्रियाशिल रहँदै आएका छन् । घरेलु तथा साना उद्योग महासंघ पर्वतको अध्यक्षलगायत दर्जनौ संघसंस्थामा आबद्ध र नेतृत्व गर्दै आएका पौडेलले लामो समयदेखि पर्वत जिल्लामा पर्यटन भित्राउनका लागि पर्यटन प्रर्बदनको काममा सक्रिय रहदै आएका छन् । पौडेलले पर्वतको पर्यटन विकासमा उल्लेख्य योगदान गरेका छन् ।