बादल सहितका नेतासँग २४ घण्टे स्पष्टिकरण

487
views

काठमाडौं,२९, फागुन । नेकपा माओवादी केन्द्रले नेकपा एमालेमा लागेका नेताहरुसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । शुक्रबार रामबहादुर थापा सहितका नेता नेकपा एमालेको केन्द्रित सदस्य बनेपछि माओवादी केन्द्रले कारवाही प्रक्रिया अघि बढाएको हो ।

शनिवार विहान बसेको स्थायी समिति बैठकले एमालेको कमिटीमा राखिएका संघिय तथा प्रदेश सांसदहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै बैठकले सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई फिर्ता बोलाउने निर्णय समेत गरेको प्रवक्ता श्रेष्ठले बताए ।

स्थायी समिति बैठकले चैत्र २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ । चैत १ गते हुने भनिएको केन्द्रीय समितिको बैठक भने यथावत राख्ने निर्णय बैठकले गरेको छ ।