ब्वाइज युनियनद्वारा टुसाल १–० ले पराजित

498
views

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लबले टुसाल युथ क्लवलाई हराएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा ब्वाइज युनियनले टुसाललाई १–० गोल अन्तरले पराजित गरेको हो । ब्वाइज युनियनलाई जित दिलाउन मिलन लिम्बुले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७२औँ मिनेटमा मिलनले हेडमार्फत निर्णायक गोल गरेका हुन् ।

जितसँगै १० खेलबाट १७ अंक जोडेको ब्वाइज युनियन लिगको चौंथो स्थानमा यथावत रहेको छ । १० खेलमा ९ अंक जोडेको टुसाल लिगको आठौं स्थानमा रहेको छ ।