‘धुलिखेल–पनौती’ एकीकरण पदयात्रा (फोटोफिचर)

1973
views

काठमाडौं, १, चैत्र । प्रधान सेनापति पूर्णचन्द्र थापाको नेतृत्वमा काभ्रेपलान्चोक जिल्लाको धुलिखेलबाट पनौतीसम्म (करिब १० कि.मि.) “एकीकरण मार्ग पदयात्रा“ गरिएको छ । पदयात्रा कार्यक्रम उल्लासपूर्वक सम्पन्न भएको छ ।

नेपाली सेनाको पहलमा संचालन भइरहेको एकीकरण मार्ग कार्यक्रम अन्र्तगत नेपाल एकीकरणको समयमा प्रयोग भएका एकीकरण मार्ग तथा कोटहरुको पहिचान‚ संरक्षण‚ सम्बर्धन र प्रवर्द्धन गर्ने तथा नेपालको सैनिक ईतिहासको जगेर्नाका लागि पदयात्राको आयोजना गरिएको थियो ।

कार्यक्रममा काभ्रेपलान्चोक जिल्ला समितिका जिल्ला संयोजक तथा अध्यक्ष उद्धव के.सी., उप संयोजक मन्जु गौतम, धुलिखेल नगरपालिकाको मेयर अशोक बेन्जु, पनौती नगरपालिकाको मेयर भिम न्यौपाने, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिना, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, सशस्त्र प्रहरी कार्यालयका प्रतिनिधि, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि लगायत नेपाली सेनाका रथीबृन्द र अधिकृतहरुको सहभागिता रहेको थियो ।

पदमार्गका दौरान धुलिखेल नगरपालिकाको देविस्थानमा पृथ्वीनारायण शाहको सालिक अनावरण भएको थियो भने पनौतीको ऐतिहासिक इन्द्रेशोवर मन्दिरमा आइ विसर्जन गरिएको थियो ।

कार्यक्रममा पनौती संग्राहलयका राजेन्द्र महाजुले पनौतीको ईतिहासबारे प्रकाश पारेका थिए भने उपरथी बालकृष्ण कार्कीले समापन मन्तव्य व्यक्त गरेका थिए ।

उक्त पदमार्गमा पर्ने सर्वसाधारण, उद्योगी व्यवसायी लगायत स्थानीय संघसंस्था एवं सरोकारवालाहरुले देखाएको आत्मीयता, उल्लासपूर्ण सहभागिताले राष्ट्रिय एकता, सैनिक ईतिहास एवं पर्यटन प्रबर्द्धनमा समेत थप टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।