‘तथाकथित बैठक’ का निर्णयहरु सच्याउ–गौतम

500
views

काठमाडौँ, १, चैत्र । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको पछिल्लो अवैधानिक कदमप्रति आपत्ति जनाएको छ ।

गौतम समुहले ओलीका ‘तथाकथित बैठक’ का निर्णयहरु सच्याउन ध्यानाकर्षण गराएको छ । गौतम नेतृत्वको एकता अभियानको शनिबार बसेको बैठकले ओलीले एमालेको विधान मिचेर काम गरेको उल्लेख गरेको छ ।

ओलीका कदमले कम्युनिस्ट आन्दोलनलाई नै समाप्तिको दिशातर्फ धकेलिरहेको निष्कर्ष निकालेको सो समुहका सचिव बाबुराम थापाद्वारा जारी विज्ञप्तिमा छ ।