हिमाल सफाइ अभियान, ३५ टन फोहोर संकलनको लक्ष्य

1110
views

काठमाडौँ, २, चैत्र । नेपाली सेनाले हिमाल सफाइ अभियान थाल्ने भएको छ । सेनाले त्यस क्रममा विभिन्न छ वटा हिमालमा रहेको ३५ टनसम्म फोहोर संकलन गर्ने भएको छ । फोहोर संकलनका लागि नेपाली सनोले विभिन्न संघ संस्थासँग समन्वय गर्ने भएको छ ।

यही चैत ३१ देखि सुरु हुने सरसफाई अभियानको टोली वैशाख २ गते हिमाल प्रस्थान गर्ने कार्यक्रम तय भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । सरसफाइको टोलीलाई २१ दिनको तालिम समेत दिइएको छ ।

प्रवक्ता पौडेलका अनुसार सगरमाथाबाट १६ टन, ल्होत्से हिमालबाट एक टन, मकालु, धौलागिरि र आमादब्लमबाट पाँच–पाँच टन, पुमोरी हिमालबाट तीन टनसम्म फोहोर संकलन गरिने नेपाली सेनाले जनाएको छ ।

सफा हिमाल अभियानले प्रदूषण नियन्त्रण र हिमाल सरसफाइबाट विश्वव्यापी तापक्रमको नियन्त्रणमा टेवा पु¥याउने, पर्वतीय अर्थोपार्जनमा सरकारलाई सघाउने, पर्यटनको साथसाथै पर्वतारोहीलाई आकर्षित गर्ने, भावी पुस्ताका लागि हिमाल संरक्षण गर्ने लक्ष्य लिएको छ ।

सङ्कलित फोहोरलाई जैविक र अजैविक रूपमा वर्गीकरण गरि विश्व वातावरण दिवस जुन ५ का दिन हस्तान्तरण गरिने पौडेलले बताए ।