तीन हजार ३११ परीक्षणमा ७९ जना संक्रमित

458
views

काठमाडौं, २, चैत्र । नेपालमा पछिल्लो समयमा कोरोनाभाइरसका ७९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पछिल्लो चौबीस घण्टामा तीन हजार ३११ आरटीपीसीआर परीक्षण गरिएको छ ।

योसँगै नेपालमा नेपालमा कुल संक्रमितका संख्या दुई लाख ७५ हजार ३१० पुगेको छ । नेपालमा ७५ जना निको भएको जनाएको छ । हालसम्म निको भएकाको संख्या दुईलाख ७१ हजार ४०१ पुगेको छ । मन्त्रालयले हाल ८९५ जनामा भाइरसको संक्रमण सक्रिय रहेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा कोही पनि कोरोना सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले उल्लेख गरेको छ । कोरोनाबाट नेपालमा तीन हजार १४ जनाको मृत्यु भएको छ । हाल ४४ जना क्वारेन्टिनमा छन् । हालसम्म २२ लाख १८ हजार ७२२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।