लहान विष्फोटमा संलग्न आशंकामा एकजना पक्राउ

627
views

लहान, २, चैत । मालपोत कार्यालय लहानमा आइतबार भएको बम विष्फोटमा संलग्न आशंकामा एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

लहान–१८ भदैयाका २७ बर्षिय बलराम मण्डललाई सुखीपुर–२ विद्यानगरबाट पक्राउ गरिएको सिरहा जिल्ला सशस्त्र गणपति प्रहरी उपरीक्षक दिपेश गिरीले जानकारी दिए ।

मालपोत कार्यालयमा बम विष्फोट हुनुभन्दा अघि कार्यालय छिरेका महतोको सिसिटिभी क्यामरामा कैद भएको तस्बीरको आधारमा गहन अनुसन्धानपछि पक्राउ गरिएको हो ।

आइतवार भएको बम विष्फोटमा आठ जना घाइते भएका छन् । धनगडीमाइ नगरपालिका–४ जयपुरका ३० वर्षिय दिनेश भण्डारीको अवस्था गम्भीरछ ।

मालपोत कार्यालय लहानमा विष्फोट गराएको घट्नाको जिम्मेबारी विज्ञप्ति प्रकाशित गरेर जन्तान्त्रिक तराइ मुक्ति मोर्चा (क्रान्तिकारी) का संयोजक जय कृष्ण गोइतले जिम्मेबारी लिएको थियो ।