क्वाटरफाइनलमा म्यान्चेस्टर सिटी र रियाल मड्रिड

748
views

एजेन्सी । स्पेनीस फुटबल क्लब रियाल मड्रिड र इंग्ल्याण्डको म्यान्चेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको राउण्ड अफ सिक्सटिनको दोस्रो लेगको खेलमा इटालीको एटलान्टालाई ३–१ ले हराउँदै रियाल मड्रिड क्वपाटरफाइनलमा पुगेको हो ।

पहिलो लेगको खेल १–० ले जितेको रियाल समग्रमा ४–१ ले विजयी भयो । गएराति भएको अर्को खेलमा जर्मनीको बोरुसिया एम्ब्याचलाई २–० ले हराउँदै इंग्ल्याण्डको म्यान्चेस्टर सिटी पनि क्वाटरफाइनलमा उक्लियो ।

पहिलो लेगको खेल पनि २–० ले जितेको म्यान सिटी समग्रमा ४–० ले विजयी भएको हो ।युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज राती दुई खेल हुनेछन् । पहिलो लेगमा १ गोलको अग्रता लिएको इंग्लीश क्लब चेल्सीले आज स्पेनको एथ्लेटिको मड्रिडसँग खेल्नेछ ।

आजै जर्मनीको बायर्न म्युनिखले इटालीको लाजियोसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो लेगमा बायर्न म्युनिख ४–१ ले विजयी भएको थियो ।