कोरोना विरुद्धको खोप खरिदका लागि आठ अर्ब सहयोग

706
views

काठमाडौँ, ७, चैत । कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास संघमार्फत विश्व बैंकले आठ अर्ब ६२ करोड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । यो सहयोगले सत्तरी प्रतिशतभन्दा बढी नेपालीलाई पुग्छ ।

नेपालको स्वास्थ र खोप प्रणालीलाई सुदृढ गर्दै संरक्षित प्रभावकारी एवं समतामूलक वितरणमा सहयोग गर्न बैंकको कार्यकारी निर्देशक बोर्डले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको बैंकको प्रधान कार्यालय वासिङ्टनबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

खोप खरिद, वितरण, परीक्षण, प्रयोगशालासम्बन्धी कामका साथै नेपालको अर्थतन्त्र र नेपालीको स्वास्थ्यको रक्षाका निम्ति सहयोग रकम प्रदान गर्ने निर्णय भएको बताइएको छ ।