सिटी र ह्याम्पटन सेमिफाईनलमा

635
views

काठमाडौं । म्यान्चेस्टर सिटी र साउथह्याम्पटन एफ.ए कप फुटबल प्रतियोगीताको सेमिफाईनलमा प्रवेश गरेका छन् । गएराति भएको क्वाटरफाइनल खेलमा एभर्टनलाई २–० ले हराउँदै म्यान्चेस्टर सिटी सेमि फाईनलमा पुगेको हो ।

खेलमा म्यान सिटीलाई विजयी गराउन इके गुन्डोगान र केभिन डे ब्रायनले एक एक गोल गरे ।

एफ.ए कपकै अर्को खेलमा बर्नमाउथलाई ३–० ले हराउँदै साउथह्याम्पटन पनि सेमिफाईनलमा पुगेको छ । साउथह्याम्पटनको जितमा नाथन रेडमन्डले दुई गोल गर्दा मौसा देनेपोले एक गोल थपे ।

एफ.ए कप फुटबलअन्तर्गत क्वाटरफाईनलका बाँकी दुई खेल आज राती हुनेछन् । आज चेल्सीले शेफिल्ड युनाईटेडसँग खेल्दा लेष्टर सिटी र म्यान्चेस्टर युनाईटेड भिड्नेछन् । एजेन्सी