दाङमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु

390
views

काठमाडौं । दाङको तुलसीपुरमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। २२ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ।

पब्लिक ज्ञान ज्योति कलेजको रा १ ख ४३३ नम्बरको बस तुलसीपुर सरैया डाँडामा मंगलबार बिहान दुर्घटना भएको हो। दुर्घटनामा कक्षा १२ मा अध्ययनरत तुलसीपुर उपमहानगरपालिका(१६ की १९ वर्षीया सम्झना केसीको मृत्यु भएको हो।

प्रहरीका अनुसार गम्भीर घाइते पाँचजनाको नेपालगत्र्ज मेडिकल कलेजमा र अन्य घाइतेको तुलसफपुरमा नै उपचार भइरहेको छ। बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।