मध्य पहाडी लोकमार्ग : कास्कीको मादीमा काम शुरु

754
views

हरि बास्तोला
गण्डकी, १२, चैत । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको पुष्पलाल मध्य पहाडी लोकमार्ग खण्डको मादी गाउँपालिकामा काम थालिएको छ । गाउँपालिकाका बिभिन्न तीन स्थानमा डोजरको प्रयोग गर्दै रुदी दोभान,काम शुरु गरिएको आयोजना प्रमुख मेघराज मर्सानीले जानकारी दिनुभयो ।

मादी गाउँपालिका खण्डमा कूल १६ किलोमिटर दुरी रहने बताउँदै उहाँले लोकमार्ग अन्तर्गतका बिभिन्न ठाउँमा कामहरु तिब्ररुपमा अघि बढेको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार लोकमार्गको कास्की, बागलुङ र पर्वतको कूल २४५ किलोमिटर मध्य ८० प्रतिशत काम सम्पन्न भई सकेको छ । यस खण्डको बिभिन्न १२ ठाउँबाट काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

मध्य पहाडी क्षेत्रका सर्वसाधारको भाग्य र भविष्यमा महत्वपूर्ण भूमिका खेल्ने ठानीएको लोकमार्गको काम थालिएसंगै मादी र आसपासका स्थानीयमा खुशी छाएको जिल्ला समन्वय समिति कास्कीका सदस्य बृहस्पति सापकोटाले जानकारी दिनुभयो ।