नेपालमै रासायनिक मलको कारखाना खोल्ने निर्णय

624
views

काठमाडौं, १३, चैत्र । नेपालमा रासायनिक मलको हाहाकार भइरहेका बेला मन्त्रिपरिषद् बैठकले नेपालमै रासायनिक मलको कारखना खोल्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ बसेको बैठकले रासायनिक मल उत्पादन गर्ने काराखाना खोल्ने निर्णय गरेको हो ।

नेपालमा मलको हाहाकार भएपछि आफैं कारखाना खोल्ने निर्णय भएको मन्त्री पद्यमा अर्यालले जानकारी दिईन् ।

बैठकले सहसचिव मुकुन्द शर्मा पौडेललाई सचिवमा बढुवा गरेको छ । बढुवा सिफारिस समितिले पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको थियो ।