दाङको दंगीशरण गाउँपालिका १ मा एमालेको प्यानल नै विजयी

898
views

काठमाडौं, १५, असार । दाङको दंगीशरण गाउँपालिका वडानम्बर १ मा एमाले प्यानलनै विजयी भएको छ। निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका युवराज खड्कालाई हराउँदै एमालेका श्रीप्रसाद चौधरीले अध्यक्ष पद हात पारेका हुन्।
त्यस्तै महिला सदस्यमा नन्दा बस्नेत, दलित महिला सदस्यमा अमृता विक र सदस्यहरुमा उमेश चौधरी र जानकी चौधरी विजयी भएका छन् ।