धौलागिरीका ७ सर्जक सम्मानित

623
views

निर्मल पौडेल
पर्वत, १६, चैत्र । पर्वत साहित्य संगमले आफ्नो मातहत रहेका विभिन्न विधाका ७ पुरस्कार वितरण गरेको छ । शनिवार कुस्मामा एक औपचारिक कार्यक्रमको आयोजना गरी धौलागिरी क्षेत्रभित्र जन्मेर साहित्य कला सस्कृतीको क्षेत्रमा योगदान पुर्याउने ७ जना सर्जकहरुलाई उक्त पुरस्कार वितरण गरेको हो । साहित्य संगममा स्थापित पर्वत साहित्य संगम साहित्य पुरस्कार,मान पदम स्मृती साहित्य पुरस्कार,डिल्ली राधा साहित्य पुरस्कार,नमुना शिक्षा तथा साहित्य पुरस्कार, गोपीनन्द स्मृती साहित्य पुरस्कार,संस्कृती साहित्य पुरस्कार र कृष्णा उद्दोग साहित्य पुरस्कार वितरण गरिएको हो ।

यसवर्षको पर्वत साहित्य संगम साहित्य पुरस्कार पर्वतका साहित्यकार इन्द्रकुमार विकल्प लाई नगद रु १५ हजार दोसल्ला र सम्मान पत्र,नमुना शिक्षा तथा साहित्य पुरस्कार पर्वतका कुसुमाकर न्यौपाने लाई नगद रु १० हजार दोसल्ला र सम्मान पत्र,डिल्लीराधा साहित्य पुरस्कार तथा सम्मान पर्वतका डा षडानन्द पौड्याललाई नगद रु १० हजार दोसल्ला र सम्मान पत्र, मान पदम स्मृती साहित्य पुरस्कार तथा सम्मान म्याग्दीका साहित्यकार चन्द्रप्रकाश वानियाँ लाई नगद रु १० हजार दोसल्ला र सम्मान पत्र, गोपिनन्द स्मृती साहित्य पुरस्कार मुस्ताङका इन्द्रवहादुर तुलाचन लाई नगद रु १० हजार दोसल्ला र प्रमाणपत्र, यस्तै कृष्णा उद्दोग साहित्य पुरस्कार तथा सम्मान वाग्लुङकी सन्तकुमारी श्रेष्ठलाई नगद रु १० हजार दोसल्ला र प्रमाणपत्र, संस्कृती साहित्य पुरस्कार तथा सम्मान वाग्लुङका लक्ष्मीराज शर्मा पौड्याल लाई नगद रु १० हजार दोसल्ला र सम्मान पत्र प्रदान गरिएको छ ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगत प्रसाद उपाध्याले साहित्य समाजको दर्पण भएको भन्दै साहित्यिक सिर्जना मानव जगतका लागि हुनेपर्ने वताए । नेपाली भाषा,कला र संस्कृतिको विकासमा साहित्यले अहम भुमिका खेलीरहेको वताउँदै उपाध्यायले साहित्यलाई कसैले पनि हेयको दृष्टीले हेर्न नहुने कुरामा जोड दिए । साहित्य सिर्जना आँफैमा एउटा विज्ञान भएको भन्दै साहित्यले देश, काल, परिस्थीति लाई डोर्याउने सक्नुपर्ने जिकिर गरे । समापन कार्यक्रममा वोल्दै कार्यक्रममा सभाध्यक्ष तथा पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडीले साहित्य सिर्जना सचेत नागरिकहरुको जिम्मेवार अभिव्यक्तिी हुने भन्दै सर्जकहरु प्रतिकुलमा अनुकुल ,असहजमा सहज खोज्न सक्ने र यथार्थता लाई छर्लङ्ग हुने सिर्जना गर्नसक्ने हुनुपर्ने वताए । पहाडीले कुनैपनी पुरस्कार सानो नहुने भन्दै पुरस्कृत साहित्यकारहरु लाई थप उर्जा प्रदान हुने हौशला मिलोस भन्ने कामना व्यक्त गरे ।

कार्यक्रममा पुरस्कृत सर्जकहरुले साहित्य संगमले पुरस्कार प्रदान गरेर आँफुहरुमा थप साहित्यप्रतिको जिम्मेवारी प्रदान गरेकोले सदैव नेपाली भाषा र साहित्यको उनन्वयनमा अग्रसर भइरहने वताए ।

यस्तै शान्तिनारायण श्रेष्ठ,काजी रोशन, भक्त कार्की, याम ढुङ्गाना केसी,सरस्वती शर्मा जिज्ञाशु सामना पहाड लगायतले वोलेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा साहित्यकार तथा पत्रकार निर्मल पौडेल एन.पी घायल, दीपसागर पौडेल, प्रेम मगर, गिता अधिकारी, गणनाथ पौडेल,स्वइचा आचार्य, लगायतले रचनावाचन गरेका थिए ।

कार्यक्रम पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षता, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगतप्रसाद उपाध्यायाको प्रमुख आथित्यता,संगमका उपाध्यक्ष डि आर शर्माको स्वागत मन्तव्य र संगमका सचिव खेमराज शर्मा चापागाईँको सञ्चालनमा सम्पन्न भएको थियो ।

साहित्यको विकासमा अग्रणी भुमिका निर्वाह गरिरहेको पर्वत साहित्य संगमले विभिन्न साहित्यिक कृतिहरुको प्रकाशन गर्नुका साथै स्थापनाकाल देखीनै विभिन्न सर्जक तथा कृतिहरु लाई पुरस्कृत गर्दै आएको छ ।

कुन पुरस्कार कसरी स्थापना भयो ?
पर्वत साहित्य संगम साहित्य पुरस्कार
रु ५० हजार राशी अक्षयकोष रहेको यो पुरस्कारको स्थापना पर्वत साहित्य संगमले विक्रम संवत २०७० सालमा गरेको हो । यो पुरस्कार हरेक २ वर्षमा धवलागिरी अञ्चलमा जन्मेर नेपाली भाषा , साहित्य, कला र संस्कृेतीको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउने एकजना सर्जक तथा स्रष्टा लाई रु १० हजार नगद सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिँदै आएको छ । यस वर्ष देखी अक्षयकोषमा रु ७० हजार पुर्याई पुरस्कारको राशी रु १५ हजार वनाइएको छ । यो पु्रस्कार पर्वतमा जन्मेर नेपाली भाषा साहित्यको क्षेत्रमा समर्पित स्रष्टा लाई प्रदान गर्ने व्यवस्था गरिएको छ ।
मान पदम स्मृती साहित्य पुरस्कार
रु ५० हजार राशी अक्षयकोष रहेको यो पुरस्कार पर्वत साहित्य संगमका पूर्व अध्यक्ष ईन्द्रमान खत्रीले विसं २०७० सालमा आफ्ना हजुरबुवा हजुरआमाको स्मृतिमा स्थापना गरेका हुन् । पर्वत साहित्य संगमको सम्पूर्ण व्यस्थापनमा यो पुरस्कार हरेक दुई बर्षमा धौलागिरी अञ्चलमा जन्मेर नेपाली भाषा साहित्य कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने एकजना श्रष्टा सर्जकलाई रु. १० हजार नगद सम्मानपत्र र दोसल्ला प्रदान गरी सम्मान गरिन्छ ।
डिल्ली राधा साहित्य पुरस्कार
रु ५० हजार राशी अक्षयकोष रहेको यो पुरस्कार पर्वत साहित्य संगमका वर्तमान उपाध्यक्ष डिल्लीराम शर्मा डिआरले विसं २०७० सालमा स्थापना गरेका हुन । पर्वत साहित्य संगमको सम्पूर्ण व्यस्थापनमा यो पुरस्कार हरेक दुई बर्षमा धौलागिरी अञ्चलमा जन्मेर नेपाली भाषा साहित्य कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने एकजना श्रष्टा सर्जकलाई रु. १० हजार नगद सम्मानपत्र र दोसल्ला प्रदान गरी सम्मान गरिन्छ ।
नमुना शिक्षा तथा साहित्य पुरस्कार
रु ५० हजार राशी अक्षयकोष रहेको यो पुरस्कार कुश्मा स्थित श्री नमुना आवासिय माविले आफ्नो स्थापनाको रजत महोत्सवको अवसरमा विसं २०७० सालमा स्थापना गरेको हो । पर्वत साहित्य संगमको सम्पूर्ण व्यस्थापनमा यो पुरस्कार हरेक दुई बर्षमा धौलागिरी अञ्चलमा जन्मेर नेपाली भाषा साहित्य कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने एकजना श्रष्टा सर्जकलाई रु. १० हजार नगद सम्मानपत्र र दोसल्ला प्रदान गरी सम्मान गरिन्छ ।
गोपी नन्द स्मृति साहित्य पुरस्कार
रु ५० हजार राशी अक्षयकोष रहेको यो पुरस्कार पर्वत साहित्य संगमका संस्थापक अध्यक्ष ईन्द्र कुमार विकल्पले आफ्ना दिवंगत मातापिताको स्मृतिमा २०७४ सालमा स्थापना गरेका हुन् ।
पर्वत साहित्य संगमको सम्पूर्ण व्यस्थापनमा यो पुरस्कार हरेक दुई बर्षमा धौलागिरी अञ्चलमा जन्मेर नेपाली भाषा साहित्य कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने एकजना श्रष्टा सर्जकलाई रु. १० हजार नगद सम्मानपत्र र दोसल्ला प्रदान गरी सम्मान गरिन्छ ।
संस्कृति साहित्य पुरस्कार
रु १० हजार राशी अक्षयकोष रहेको यो पुरस्कार पर्वत साहित्य संगमका आजिवन सदस्य सुशिल थकाली अनुरागीले आफ्नी छोरीको नाममा वि.सं. २०७० सालमा स्थापना गरेका हुन् । हाल यस्को अक्षयकोष राशी ४० हजार पुगेको छ । पर्वत साहित्य संगमको सम्पूर्ण व्यस्थापनमा यो पुरस्कार हरेक दुई बर्षमा धौलागिरी अञ्चलमा जन्मेर नेपाली भाषा साहित्य कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने एकजना श्रष्टा सर्जकलाई रु. १० हजार नगद सम्मान पत्र र दोसल्ला प्रदान गरी सम्मान गरिन्छ ।
कृष्णा उद्दोग साहित्य पुरस्कार
रु ५० हजार राशी अक्षयकोष रहेको यो पुरस्कार पर्वत साहित्य संगमका आजीवन सदस्य कृष्णादेवी शर्मा श्रेष्ठ र उद्दोगवहादुर श्रेष्ठले विसं २०७५ सालमा स्थापना गरेका हुन । पर्वत साहित्य संगमको सम्पूर्ण व्यस्थापनमा यो पुरस्कार हरेक दुई बर्षमा धौलागिरी अञ्चलमा जन्मेर नेपाली भाषा साहित्य कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने एकजना श्रष्टा सर्जकलाई रु. १० हजार नगद सम्मानपत्र र दोसल्ला प्रदान गरी सम्मान गरिन्छ ।
पर्वत साहित्य संगमले यस्तै अन्य पुरस्कारहरु पनि थप गर्दै जाने वताएको छ ।