प्रधानमन्त्री मोदीको विरोध आन्दोलनमा १२ को मृत्यु

695
views

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा भएको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

तीन दिनयता जारी हिंसाका कारण १२ जनाले ज्यान गुमाएको बिबिसीले जनाएको छ । ब्राह्राणबरियालगायतका स्थानमा हिजो पनि विरोध प्रदर्शन भएको थियो ।

हिजोको हड्तालका दौरान भएको झडपका क्रममा घाइते भएका मानिसले अस्पतालमा ज्यान गुमाएको अस्पतालले जनाएको छ ।

मोदीले विरोधका बाबजुद बंगलादेशका संस्थापक शेख मुजिबर रहमानको जन्मशताब्दी समारोहमा भाग लिएका थिए ।

शुक्रबार उनले बंगलादेशका संस्थापक तथा वर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता शेख मुजीबुर रहमानको ५० औं जन्म शताब्दी समारोहमा भाग लिएका हुन् ।

मोदीको भ्रमणको पूर्वसूचना पाउनासाथ ढाकास्थित बैतुल मोकर्रम मस्जिदमा हिंसात्मक प्रदर्शन भएको थियो ।

प्रदर्शनकारीलाई तिरवितर बनाउन प्रहरीले अश्रुग्यास र रबरको गोलीसमेत प्रहार गरेको थियो । शुक्रबारको प्रार्थनापछि सयौं प्रदर्शनकारीहरू मस्जिदको बाहिर जम्मा भएका थिए ।

एउटा समूहले मोदीको अनादरको चिह्नका रूपमा जुत्ता उठाउन थालेपछि अर्को समूहले उनीहरूलाई रोक्न खोजेको थियो त्यसपछि हिंसात्मक झडप भएको अन्तरािष्ट्रय समाचार संस्थाले बताएका छन् ।