पत्रकार महासंघले ६६ औं स्थापना दिवस मनाउँदै

620
views

काठमाडौं, ६, चैत्र । नेपाल पत्रकार महासंघले विविध कार्यक्रमका बीच आज ६६ औं स्थापना दिवस मनाइँदैछ ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले पूर्वअध्यक्ष र पादाधिकारीसँग छलफल गर्न लागिएको र जिल्ला तहमा विभिन्न रचनात्मक कार्यक्रम गरी स्थापना दिवस मनाइने जानकारी दिए । तर‚ विगतका वर्षजस्तो प्रभात फेरी कार्यक्रम आयोजना गरिएको छैन ।

देशभरका पत्रकारहरु महासंघको नयाँ नेतृत्व चयनका लागि चुनावमा व्यस्त भएकाले पनि खासै औपचारिक कार्यक्रम राखिएको छैन । महासंघमा नयाँ नेतृत्वका लागि चैत २५ गते चुनाव हुँदैछ ।