ख्यालख्यालमै तरकारी पेशामा होमिएका मिनबहादुर

कृषि पेशाबाट मनग्य आम्दानी

745
views

सुर्खेत । कर्णली प्रदेशको राजधानी अवस्थित वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ सुर्खेतका मिन बहादुर हमाल २६ वर्षिय युवा हुन । अध्ययनका हिसाबले पशु चिकित्सक पनि हुन । उनी विद्यालयमा अध्ययन गर्ने बेलादेखि नै कृषिमा रुचि राख्थे ।

कक्षा १० को परीक्षा दिइसकेपछि आफुलाई घरमा खानका लागि तरकारी लगाएपछि राम्रो उत्पादन भयो । घरमा खानलाई पुगेर पनि हमालले छिमेकीलाई समेत तरकारि दिए । त्यसपछि मिन बहादुरले मनमनै सोचे, कृषि गरेरै पनि स्वदेशमा केही गर्न सकिदो रहेछ । उनले एसएलसी परीक्षामा पास भएपछि तत्काल राष्ट्रिय प्राविधिक शिक्षालयबाट १५ महिने पशुचिकित्सक भेटेनरी जेटिएको पढाई सुरु गरे ।

यत्तिमा मात्र उनको नमुना कृषक बन्ने चाहाना पुरा भएन, त्यसपछि नारायणी कृषि फर्म नै दर्ता गरेर व्यवसायीक रुपमैं कृषिमा हामिए । पछिल्लो समयका युवाहरुमा कृषिप्रतिको आर्कषणता घटिरहेका बेला मिन बहादुरले भने रातदिनको मेहनत नै कृषि कर्ममा लगाए । खासमा हमालले पढाई खर्चका लागि घरपरिवारको मात्र कति मुख ताक्नु अब आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने सोचका साथ ख्यालख्यालमा व्यवसाय सुरु गरेको उनले भने ।

‘पढाईसँगै कृषि गरेरै भएपनि आफ्नो खर्चपानी व्यहोर्न सकियोस भन्ने उद्देश्यले फर्म नै दर्ता गरेर कृषि कर्ममा लागे, ‘मिन बहादुरले भने, ‘एसएलसी परीक्षा दिएर खाली भएको बेला अलिकति तरकारी लगाउँदै थिय आमाले मान्नुभएको थिएन आमाको कुरा नमानेर अटेर गरेरै लगाएको थिएँ, रामै्र फल्यो त्यसपछि मैले सम्भावना देखें र यस्मै होमिए ।

घरका परिवारले कृषि व्यवसायबाट सम्भावना छैन नगर भनेर बारम्बार भन्दा पनि नमानेर तरकारी लगाई बेचेर पैसा ल्याएपछि घरपरिवार नै दङ्ग परेको हमाल बताउँछन् । ‘स्वदेशमा रोजगारी छैन भनेर बिदेश जाने साथीहरुलाई म सुझाव दिन चाहान्छु, त्यहाँको जति दुःख गरेपनि नेपालमैं पनि राम्रो पैसा कमाउन सकिन्छ, ‘हमालले भने, ‘आफ्नै मेहनत, आफ्नै कमाई, घरपरिवारसँग बस्यो रमाई ।’

मिन बहादुर बिहानै उठेर आँखा मिच्दै फर्ममा निस्किन्छन्, बोटबिरुवा र विभिन्न प्रकारका बालीलाई सुम्सुम्याउँदै जल, मलको व्यवस्था गर्छन । उनका कैयौं साथीहरु वैदेशिक रोजगारमा गएका छन, तर उनी भने स्वदेशमैं कृषि कर्म मार्फत परिवारसँगै सुख, दुःख साटेर बसेका छन् ।

हमाललाई विदेश जाने इच्छा त परकै कुरा हो कसैले त्यहाँको कुरा गरेपनि दिक्क लागेर आउँछ । उनी भन्छन्, ‘विदेश जानुभन्दा बरु स्वदेशमैं भाँडा माँझेर बाँझो बारी खनेर बस्छु ।’
सात रोपनी जग्गामा कृषि फर्म सञ्चालन गरेको उनले साढे दुई लाखबाट व्यवसाय सुरु गरेका थिए ।

हमालले सबै घरखर्च कटाएर मासिक ७० हजारका दरले वार्षिक आठ लाखसम्म बचाउने गरेको बताए । घर सजावटका लागि आर्कषक फुलहरुहमालको कृषि फर्ममा तरकारी मात्र नभएर विभिन्न जातका बिरुवासँगै सजावटको लागि घर तथा होटेलमा सजाउनका लागि फुलहरु समेत उपलब्ध गराउँदै आएका छन् ।

उनले सिर्जनल फुल, पिटुनिया, पेञ्जी, डेन्थस, कार्नसन, गजनिया, डालिया, केलेनडुला, जिनियाँ, सालिभिया, लैलाभजुनु, आर्थोडिक्स, जिरानियम जातका सिर्जनल फुलका बिरुवा र घर सजावटका लागि क्रिसमस, साइकोस, चामाडोरा, सिपलेरा, बसरेडा र इनडोरप्लान्टका लागि लक्कि बेम्बो, फेराफिया, चामाडोरा, जनाईडु पापिस्ना बिक्रि गर्दै आएका छन ।

यस्तै फर्मभित्र फलफुलका बिरुवामा कागती, लिच्ची, आँप, अम्बा, काजु, बदाम, मरिच, स्वकाडो इकानफुड समेत रहेका छन् ।