अदालतले फैसला सच्याउँछ ः प्रचण्ड

731
views

१७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी केन्द्र अलग हुने गरी भएको फैसला सर्वोच्च अदालतले सच्याउने वतएका छन् ।

गत फागनु २३ गते नेकपाको नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकता अस्वीकार गर्दै दुबै पार्टी अलग अलग हुने फैसला सुनाएको थियो ।

प्रचण्डले उक्त फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमा निवेदन दिएपछि पत्रकारहरुसँग भने ‘एकतावद्ध भइसकेका दललाई विभाजित गर्ने राजनीतिक काम अदालतले गर्‍यो, त्यो सच्याउनेछ ।’

अदालतको उक्त फैसला अस्वाभाविक, अप्राकृतिक र राजनीतिक प्रकृतिको भएको प्रचण्डले टिप्पणी गरे । ‘मलाई र हामीलाई के विश्वास छ भने सर्वोच्च अदालतले विगतमा पनि गरेका फैसलामा टिप्पणी भयो र पुनरावलोनको प्रश्न उठ्यो भने पुनरावलोकन गर्ने गरेको छ’ उनले भने ।

अहिले पनि उक्त फैसला पुनरावलोकन हुने विश्वास आफूहरुको रहेको प्रचण्डको भनाई रहेको छ ।