विराटनगर महानगरमा मतगणना सुरु

635
views

विराटनगर, १५, असार । विराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ । महानगरपालिकाको वडा नम्बर १ बाट गणना सुरु हुने भएको हो । जम्मा १९ वटा वडा रहेको बिराटनगर महानगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान छ । नेपाली कांग्रेस एक्लै लडेको छ भने एमाले र माओवादी केन्द्रले दुई फोरमसँग छुट्टाछुट्टै गठबन्धन गरेका छन् ।