सरकार र थरुहट संघर्ष समितिको वार्ता सुरु

455
views

१७ चैत, काठमाडौं । आन्दोलनरत थारु कल्याणकारी सभा, थरुहट ,थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच मंगलबार वार्ता सुरु भएको छ ।

सांसद रेशम चौधरीको रिहाइ लगायतको माग राखेर आन्दोलनरत थारु कल्याणकारी सभा, थरुहटरथारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच वार्ता भएको संवन्धित निकायले जानकारी दिएको छ।