अमेरिकामा फेरी कोरोना महामारीको गम्भीर ‘प्रलय’

918
views

१७ चैत्र २०७७ एजेन्सी । अमेरिकाफेरी एकपटक महामारीको गम्भीर ‘प्रलय’ अवस्थामा अघि बढ्दै गइरहेको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले चेतावनी दिएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सिडिसी की निर्देशक डा रोशेल वालेन्स्कीले ह्वाइट हाउस ब्रिफिङ्गको क्रममा कोरोना भाइरसको महामारीले अमेरिकामा गम्भीर ‘प्रलय’ आउन सक्ने चेतवानी दिएका हुन् । उनले आशावादी हुने धेरै कारणहरु रहे पनि आफू त्रसित रहेको र महामारीको अर्को प्रलय आउन सक्ने बताउनुभएको छ ।

डा रोशेलले युरोपका विभिन्न देशमा अहिले संक्रमण र त्यसका कारण हुने मृत्यु लगातार बढ्दै गएको र त्यो अमेरिकामा पनि हुने सम्भावना रहेकाले थप सावधानीको खाँचो रहेको बताएका छन् । अमेरिकामा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण तथा अस्पताल भर्ना हुनेको संख्या बढ्दै गएको छ ।

यता राष्ट्रपति जो बाइडेनले अप्रिलको मध्यसम्ममा ९० प्रतिशत वयस्क अमेरिकीले खोप लगाउन पाउने बताउँदै राज्यका नेता तथा पदाधिकारीलाई सार्वजनिक स्थानमा मास्क अनिर्वाय गर्न सुझाव दिएका छन् । अमेरिकामा गत हप्तादेखि दैनिक ६० हजारको हाराहारीमा संक्रमित थपिएका छन् ।