प्रतिनिधिसभाको बैठक आज बस्दै

446
views

काठमाडौं, १८, चैत्र । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय भएको छ ।

बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सांसद एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ । यसैगरी दोस्रो संविधानसभाकी सभासद लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा पनि शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

त्यसैगरी बैठकमा प्रधानन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६÷२०७७ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०७६÷२०७७ को वार्षिक प्रतिवेदन पेश गर्ने संभावित कार्यसूची पनि रहेको छ ।

यस्तै विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काले विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०७७ र नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेश गर्ने संभाविन कार्यसूची रहेको छ ।