‘कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाट विकास नभएको पुष्टी गर्न थप अनुसन्धान आवश्यक छ ः डब्लुएचओ

886
views

एजेन्सी । कोरोना भाइरस चीनको प्रयोगशालामा विकास गरिएको भन्ने भनाइलाई पूर्णरुपमा खारेज गर्नका लागि थप अनुसन्धानको खाँचो रहेको विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले वताएको छ ।डब्लुएचओका महानिर्देशक डा टेडरोजका अनुसार कोरोना भाइरस प्रयोगशालाबाट चुहावट भएको थ्यौरी पूर्णरुपमा अस्वीकार गर्नका लागि थप विस्तारित अनुसन्धानको खाँचो रहेको छ ।

सन् २०१९ को अन्तिममा कोरोना भाइरस पहिलो पटक चीनको हुवेइ प्रान्तको वुहानमा भेटिएको थियो । त्यसयता सो भाइरसले विश्वव्यापी महामारीको रुप लिएको छ ।चीन सरकारले भाइरस प्रयोगशालाबाट चुहावट भएको भन्ने कुरा अस्वीकार गर्दै आएको छ । केही पश्चिमा देश तथा वैज्ञानिकहरुले भाइरस प्रयोगशालाबाट मानिसमा फैलिएको आशंका गर्दै आएका छन् ।

तर अहिलेसम्मका अनुसन्धान तथा प्रमाणहरुले भाइरस वुहानको मासु बजारबाट मानिसमा फैलिएको देखिन्छ । कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म २७ लाख भन्दा बढि मानिसको ज्यान गइसकेको छ ।