सरकार गठनका लागि कांग्रेस शीर्ष नेताको सहमति

614
views

काठमाडौं, २१, चैत्र । नेपाली कांग्रेसका शीर्ष नेताबीच पार्टी नेतृत्वमा नयाँ सरकार गठनका लागि अग्रसरता लिने सहमति भएको छ । शुक्रबार दिउँसोका लागि बोलाइएको केन्द्रीय समिटी बैठकअघि भएको शीर्ष नेताको छलफललले सरकार गठनका लागि अग्रसरता लिने सहमति भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताको छलफलको छलफलले सरकार गठनका लागि अग्ररता लिने सहमति गरेको हो । शीर्ष नेताले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने र आफ्नै पार्टीको नेतृत्वमा सरकार गठनको अग्रसरता लिने सहमति भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

उनले शर्माले बैठक जारी रहेको र प्रस्तावमाथि छलफल भइरहेको समेत जानकारी दिए ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री बन्न १ सय ३८ सांसदको समर्थन चाहिन्छ । अहिले संसदमा एमालेका १२०, कांग्रेसका ६३ (२ निलम्वित), माओवादी केन्द्रका ४९ (सभामुख मतदान गर्न नमिल्ने र तीजना एमालेतिर फर्केको), जसपाका ३४ सांसद छन् । तीनजना स्वतन्त्र हैसियतमा छन् ।