श्रीमानको हत्या गर्ने जुग्जाकी तारादेवी प्रहरी खोरमा

576
views

म्याग्दी, १५ असार । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानको जुग्जामा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । घरायसी बिवादमा भनाभन हुँदा जुग्जाकी तारादेवी घर्तिले बेल्चा प्रहार गर्दा उनका श्रीमान ७४ बर्षका खड्कबहादुर घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बुधवार साँझ आफ्नै घरमा घरायसी झगडा हुँदा ६२ बर्षकी तारादेवीले श्रीमानलाई बेल्चा (साबेल) ले प्रहार गरेकी थिईन् । उनले दुई पटक भन्दा बढी पटक श्रीमानको टाउकोमा बेल्चाले हानेको देखिएको घटनास्थल पुगेको ईलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ ।
श्रीमानको हत्या आरोपमा तारादेवीलाई उनको घरबाटै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरेको प्रहरी निरिक्षक दिवाकर घिमिरेले जानकारी दिनुभयो । श्रीमतीबाट हत्या गरिएका खड्कबहादुरको शबलाई पोष्टमार्टमका लागि अस्पताल ल्याइएको छ ।