बर्मामा सैनिक शासनविरुद्ध प्रदर्शन झनै चर्किदै

594
views

काठमाडौँ । जनधनको क्षति भइरहेपनि बर्मामा सैनिक शासनविरुद्ध प्रदर्शन झनै चर्किएको छ।

फेब्रुअरीमा बर्मेली सेनाले कू गर्दै सत्ता नियन्त्रणमा लिएको थियो। आङ सान सुचीसमेत सरकारमा सहभागी नेताहरूलाई हिरासतमा राखिएको छ।

सेनाको यस्तो कदमको विरोधमा नागरिकले विरोध प्रदर्शन गरिरहेका छन्। प्रदर्शनमा अहिलेसम्म ५५७ जनाको ज्यान गइसकेको छ।

बर्मेलीहरूले अहिले सैन्य तानाशाहीको अन्त्य र लोकतन्त्र बहालीका लागि विरोध प्रदर्शन झनै व्यापक बनाएका छन्। समाचार एजेन्सी एएपीपीका अनुसार दुई हजार ६ सयभन्दा धेरै प्रदर्शनकारीहरूलाई प्रहरी हिरासतमा राखिएको छ।

सेना र प्रहरीले चरम दमन गरेपनि प्रदर्शन थामिने छाँटकाँट छैन। बर्माका विभिन्न शहरमा भइरहेको प्रदर्शनमा सहभागीहरू बढ्दैछन्।

यसबीच म्यानमारको सेनाले नागरिकबीच संवाद हुन नदिन इन्टरनेट बन्द गरिदिएको छ।