कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले दिए राजीनामा

493
views

सुर्खेत । नेकपा एमालेबाट कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले राजीनामा दिएका छन । सामाजिक विकासमन्त्री दलबहादुर रावल,अर्थमन्त्री प्रकाश ज्वाला, र उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले मंगलबार राजीनामा दिएका हुन ।

आइतबार बसेको एमाले कर्णली प्रदेशको संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता लिएसँगै आफ्नो पार्टीबाट मन्त्री बनेकालाई राजीनामा दिन निर्देशन दिएको थियो ।

सोही निर्णयअनुसार एमालेबाट मन्त्री बनेका तीनै जनाले राजीनामा दिएका हुन । एमालेको समर्थन फिर्ता भएपछि कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीको सरकार स्पष्ट रूपमा अल्पमतमा परेको छ । १३ जना मात्रै सांसद रहेको माओवादी केन्द्रसँग बहुमत छैन ।

४० सांसद रहेको कर्णाली प्रदेशसभामा सरकारलाई बहुमतका लागि २१ जना सांसदको समर्थन चाहिन्छ । तर २० जना सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढल्ने अवस्थाको नजिक पुगेको छ ।