पछिल्लो २४ घण्टामा देशभर ३ सय ३९ जना कोरोनाका नयाँ बिरामी फेला

325
views

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ सय ३९ जना कोरोनाका नयाँ बिरामी फेला परेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १ सयको नमुना पिसिआर परीक्षण गरिएको हो। जसबाट २ सय ९८ जनामा संक्रमण पुष्टि भएको हो। यसैगरी एक हजार ४० जनामा भने एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। हाल देशभर २ सय १ जना कोरोना संक्रिया संक्रमित रहेका मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामध्ये भक्तपुरमा ५, ललितपुरमा २६ र काठमाडौंमा १३२ गरी १६३ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयको नियमित प्रेस ब्रिफिङअन्तर्गत मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वरा गौतमले बताए।

विदेशबाट आउनेलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्न व्यवस्था मिलाइदिन मन्त्रालयले आग्रह गरेको। एन्टिजेट परीक्षणमा जोड दिन बढी भीडभाड हुने ठाउँ र विद्यालयजस्ता क्षेत्रमा स्वास्थ्य संयमता अपनाउन पनि मन्त्रालयले आग्रह गरेको छ।

सार्वजनिक स्थान र घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन पनि मन्त्रालयले विनम्र अनुरोध गरेको छ।